सातकन्या सिंहदेवीथान
सङ्खुवासभाको सिलीचोङ गाउँपालिका–२ बाला मुलगाउँमा अवस्थित सातकन्या सिंहदेवीथान स्थानीय समुदायको गहिरो आस्था, विश्वास र धार्मिक परम्परासँग जोडिएको महत्वपूर्ण धार्मिक स्थल हो। धार्मिक तथा सांस्कृतिक मान्यताले ओतप्रोत यस देवीथानमा स्थानीय भक्तजनहरूले नियमित रूपमा पूजा–आराधना गर्ने गर्दछन् । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ दर्शन गर्न आउने श्रद्धालुहरूको संख्या बढ्दो छ। प्राकृतिक शान्त वातावरणमा रहेको यो देवीथान धार्मिक पर्यटनको सम्भावना बोकेको आस्थाको केन्द्रका रूपमा परिचित हुँदै गएको छ ।