ऐतिहासिक चिनारी तथा नामाकरण

वि.सं. २०५३ माघ १८ गते सिलीचोङलाई तत्कालीन मनकामना, पाडमा र माल्टा गाउँ विकास समितिलाई मिलाएर नगरपालिकाको घोषणा गरिएको थियो ।

पुरानो खाँदबारी बजारको जस्विर

सिलीचोङ गाउँपालिका पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ। सिलीचोङ हिमाल, मकालु वरुण राष्ट्रिय निकुञ्ज, खुईसी धाम, काईकोक झरना, वाला सङ्खुवा भ्याली, मेरासपक पदमार्ग, न्युरेनी धाम, चित्रे गुम्बा, नागीटार, रमितेडाँडा, सङ्खुवा सिर, दाङ्खा झरना, सोह्र सय साल्पा धाम, अरुण भ्याली, तोग्राफु, खेम्पालुङ, सैसीमा पदमार्ग, एक्लेपोखरी, तीन पोखरी, वावाप्ती पोखरी, काल पोखरी, खेम्पालुङ गुफा, हाडी पोखरी, मेतालुङ पिक तथा गोङ झरना यहाँका प्रमुख पर्यटकीय आकर्षणहरू हुन्।

“कृषि, पर्यटन र पूर्वाधार : समृद्ध सिलीचोङको आधार” भन्ने दीर्घकालीन सोचका साथ गाउँपालिकाले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकतामा राखी समृद्ध सिलीचोङ निर्माणको अभियान अगाडि बढाइरहेको छ ।