नागीटार

नागीटार

सङ्खुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका–३ मा अवस्थित नागिटार एक आकर्षक प्राकृतिक तथा पर्यटकीय गन्तव्य हो। समुद्री सतहदेखि करिब १,९३१ मिटर उचाइमा रहेको यस क्षेत्र रमणीय प्राकृतिक दृश्य, स्वच्छ वातावरण तथा शीतल मौसमका कारण आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै गएको छ। विशेषगरी गर्मीयाममा चिसो हावापानीको अनुभव लिन तथा प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आउने आगन्तुकहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।

नागिटारबाट आसपासका पहाडी भू–दृश्य, हरियाली वन तथा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ। सहज पहुँच, प्राकृतिक शान्त वातावरण तथा स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न सकिने विशेषताले नागिटारलाई सिलीचोङ गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा स्थापित गरेको छ। आवश्यक पूर्वाधार विकास, संरक्षण तथा प्रभावकारी प्रचारप्रसारमार्फत यस क्षेत्रलाई थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।