सङ्खुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका–१ अन्तर्गत माथिल्लो तेन्छोङ क्षेत्रमा अवस्थित खुईसी धाम एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा आस्थाको केन्द्र हो। प्राचीनकालदेखि स्थानीय समुदायको विश्वास, परम्परा र संस्कारसँग जोडिएको यस धामले धार्मिक तथा सामाजिक जीवनमा विशेष स्थान ओगटेको छ। हराभरा वनजंगलको काखमा रहेको यस पवित्र स्थलमा विशेषगरी उधौली र उभौली पूर्णिमाका अवसरमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहने गर्दछ। धार्मिक विश्वासअनुसार यहाँ पूजा–आराधना तथा प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ, जसका कारण वर्षेनी भक्तजनहरूको आकर्षण बढ्दै गएको छ।
खुईसी धाम धार्मिक महत्वका साथै प्राकृतिक तथा धार्मिक पर्यटनको दृष्टिले समेत उच्च सम्भावना बोकेको गन्तव्य हो। धामको संरक्षण तथा व्यवस्थापनका लागि सिलीचोङ गाउँपालिकाले घेराबार निर्माणलगायत विभिन्न पूर्वाधार विकासका कार्यहरू अघि बढाइरहेको छ। यस स्थलको संरक्षण, प्रचारप्रसार र व्यवस्थित विकासले स्थानीय संस्कृति, परम्परा तथा मौलिक