सिलीचोङ नगरपालिका भौगोलिक अवस्थिति

सिलीचोङ गाउँपालिकाको क्षेत्रफल २९३.२६ वर्ग किलोमिटर छ ।

khandbari-map

सिलीचोङ गाउँपालिका सङ्खुवासभा जिल्लाको उत्तर–पश्चिमी भागमा रहेको छ । यो गाउँपालिका पूर्ण रूपमा मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रहेको छ । सिलीचोङ गाउँपालिकाको क्षेत्रफल २९३.२६ वर्ग किलोमिटर छ । यो गाउँपालिका २७°२६’०९” देखि २७°३०’०७” उत्तरी अक्षांश तथा ८६°५६’२४” देखि ८७°११’४०” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वी सिमानामा सङ्खुवासभा जिल्लाकै चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र मकालु गाउँपालिका, पश्चिमी सिमानामा सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका, उत्तरी सिमानामा मकालु गाउँपालिका र दक्षिणमा भोजपुर जिल्लाको साल्पा-सिलिछो गाउँपालिका रहेका छन् ।

सिलीचोङ गाउँपालिका सङ्खुवासभा जिल्लामा रहेको छ । नेपालको राज्य पुनर्संरचनाअन्तर्गत वि.सं. २०७३ फागुन २७ गते साविकका सिसुवाखोला, बाला, माङ्तेवा, ताम्कु र याफु (वडा नं. १ देखि ४ र वडा नं. ९) गाविसहरू समायोजन गरी यस गाउँपालिकाको स्थापना गरिएको हो । यस गाउँपालिकामा अवस्थित रमणीय सिलीचोङ हिमाल/चुचुराको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । गाउँपालिकाको प्रमुख आकर्षणका रूपमा रहेको सिलीचोङ चुचुरो तथा वरपरका प्राकृतिक दृश्यावलोकन स्थलहरू अत्यन्त मनोरम र रमणीय रहेका छन् ।